विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत आवको अन्त्यसम्म हाइड्रोपावरहरुले समग्रमा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो आवमा भने हाइड्रोपावर कम्पनीहरु समग्रमा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटामा रहेका थिए । गत आवमा हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । साथै गत वर्ष असोज महिनामा आएको बाढी...