आईतवार, भाद्र १,२०८२ 08:48:47
IME remit
  • आईतवार, भाद्र १,२०८२ 08:48:47
IME remit
Global IME Bank Limited

विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा

इपीएस कुनको कति ?

Hyundai Nepal
विद्युत बिक्री आम्दानी बढ्दा हाइड्रो कम्पनीहरुको नाफामा सुधार, ३१ कम्पनीले ब्यहोरे झण्डै ५ अर्ब घाटा
Shivam Cement

काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएको छ । गत आवको अन्त्यसम्म हाइड्रोपावरहरुले समग्रमा २ अर्ब १९ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

अघिल्लो आवमा भने हाइड्रोपावर कम्पनीहरु समग्रमा २ अर्ब ५३ करोड ५ लाख रुपैयाँ घाटामा रहेका थिए । गत आवमा हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो ।  

साथै गत वर्ष असोज महिनामा आएको बाढी पहिरोका कारण हाइड्रो प्रोजेक्टहरुमा ठूलो क्षति पुगेको थियो । सोही बमोजिम हाइड्रो कम्पनीहरुले बीमा कम्पनीमा क्षतिको दाबी गरेवापत भुक्तानी पाएकाले पनि हाइड्रो कम्पनीहरुको नाफामा सुधार देखिन पुगेको हो ।  

नेप्सेमा ९२ वटा हाइड्रो कम्पनी सूचीकृत रहेकोमा हालसम्म ८९ वटाले गत आवको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेका छन् भने तीन कम्पनीको रिर्पोट आउन बाँकी छ ।  

वित्तीय विवरण सार्वजनिक गरेका ८९ कम्पनीमध्ये गत आवमा ६५ प्रतिशत अर्थात् ५८ कम्पनी नाफामा उक्लिएका छन् भने ३१ कम्पनी अझै घाटामा रहेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर यो अघिल्लो आवको तुलनामा राम्रो नतिजा हो । अघिल्लो आवमा जम्मा ४३ कम्पनीले मात्रै नाफा कमाएका थिए भने ४६ कम्पनी घाटामा थिए ।  

नाफामा रहेका ५८ वटा हाइड्रो कम्पनीले भने गत आवमा ७ अर्ब ११ करोड ७७ लाख रुपैयाँ नाफा कमाउन सफल भएका छन् । अघिल्लो आवमा भने नाफामा उक्लिएका ४३ कम्पनीले ३ अर्ब ९४ करोड १० लाख रुपैयाँ नाफा कमाएका थिए । यस हिसाबमा नाफामा रहेका हाइड्रो कम्पनीहरुको मुनाफा अघिल्लो आवको तुलनामा ८०.६१ प्रतिशत बढेको छ ।  

साथै गत आवमा घाटामा रहेका ३१ हाइड्रोपावरले भने ४ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् । अघिल्लो आवमा घाटामा रहेका ४६ कम्पनीले ६ अर्ब ४७ करोड १६ लाख रुपैयाँ घाटा ब्यहोरेका थिए ।  

तुलनात्मक रुपमा हेर्दा अघिल्लो आवको तुलनामा हाइड्रो कम्पनीहरुको नाफा गत आवमा सुधारिएको छ । अघिल्लो आवमा घाटा ब्यहोरेका केही कम्पनीले गत आवमा राम्रो नाफा कमाउन सफल भएका छन् ।

गत आवमा सबैभन्दा बढी नाफा कमाउनेमा साहज उर्जा लिमिटेड र चिलिमे हाइड्रोपावर रहेको छ । साहजले ९० करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ भने चिलिमेले ६७ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सबैभन्दा थोरै नाफा कमाउने कम्पनीमा भने थ्री स्टार हाइड्रो र रिभर फल्स पावर रहेको छ । रिभर फल्सले गत आवमा १० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ भने थ्री स्टारले जम्मा २ लाख ५३ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

नाफामा रहेका ५८ हाइड्रो कम्पनीमा पनि ३१ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा बढेको छ भने अघिल्लो आवमा घाटामा रहेका १६ कम्पनीले नाफामा जम्प गरेका छन् । यसर्थमा ४७ कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ भने ११ कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ ।  

गत आवमा सबैभन्दा बढी घाटा ब्यहोर्ने कम्पनीमा भने अप्पर तामाकोशी हाइड्रोपावर रहेको छ । कम्पनीले गत आवमा २ अर्ब ५७ करोड २५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । साथै सबैभन्दा बढी नाफा ग्रोथ गर्नेमा अरुण भ्याली हाइड्रो रहेको छ । यो कम्पनीको नाफा ९० हजार ९८४ प्रतिशतले बढेको छ ।  

विद्युत बिक्री आम्दानी १३.९३ प्रतिशतले बढ्यो  

हाइड्रो कम्पनीहरुले गत आवको अन्त्यसम्म विद्युत बिक्री गरेर ३८ अर्ब २३ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  

जुन यो अघिल्लो आवको तुलनामा १३.९३ प्रतिशत बढी हो । अघिल्लो आवमा हाइड्रो कम्पनीहरुले ३३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो ।  

गत आवमा अधिकांश हाइड्रो कम्पनीहरुको विद्युत बिक्री आम्दानी बढ्न पुगेको छ । जसकारण हाइड्रो कम्पनीहरुको समग्र नाफा बढ्न पुगेको हो ।  

बिजुली बेचेर गत आवमा सबैभन्दा धेरै अप्पर तामाकोशीले ६ अर्ब ९२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी २०.२२ प्रतिशतले घटेको छ ।  

त्यस्तै साहज उर्जाले पनि २ अर्ब ६४ करोड रुपैयाँ विजुली बेचेर आम्दानी गरेको छ । कम्पनीको यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ८.२० प्रतिशत बढेको छ ।  

अधिकांशको इपीएसमा सुधार  

हाइड्रोपावर कम्पनीहरुको नाफामा सुधार देखिएसँगै प्रतिसेयर आम्दानी (इपीएस)मा पनि सुधार देखिएको छ ।  

करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।

गत आवमा सबैभन्दा धेरै इपीएस अप्पर स्याङ्खे हाइड्रोपावरको रहेको छ । यो कम्पनीको इपीएस ३४.६६ रुपैयाँ छ ।  

त्यस्तै, माउन्टेन इजर्नीको २४.१७ रुपैयाँ, साहज उर्जाको २३.८८ रुपैयाँ, राधी विद्युत कम्पनीको २०.६५ रुपैयाँ र मिड सोलु हाइड्रोको १७.६६ रुपैयाँ रहेको छ । यता सबैभन्दा थोरै इपीएस थ्री–स्टार हाइड्रोपावरको जम्मा ०.०५ रुपैयाँ छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.