साउन्ड सिस्टम बिग्रिँदा राष्ट्रियसभा बैठक स्थगित
काठमाण्डौ । ‘साउन्ड सिस्टम’मा समस्या देखिएपछि राष्ट्रियसभाको बैठक केही बेरका लागि स्थगित गरिएको छ।संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार बैठक सञ्चालनका क्रममा साउन्ड सिस्टममा समस्या देखिएपछि बैठक स्थगित गरिएको हो।बैठक सुरु भएको करिब १७ मिनेटपछि सभाको प्रत्यक्ष प्रसारणमा अडियो नआएको थियो। अडियो नआउँदा बैठकको रेकर्डिङमा समेत समस्या देखिएको भन्दै बैठक...

