२४ घण्टामा १,७२० सवारी चालकलाई सवारी नियम उल्लङ्घनमा कारबाही, ८ लाख ५८ हजार राजस्व संकलन
काठमाण्डौं । बितेका २४ घण्टामा १,७२० सवारी चालकलाई विभिन्न सवारी नियम उल्लङ्घनको आरोपमा कारबाही गरिएको छ। यसबाट राज्यकोषमा रु ८ लाख ५८ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

