११ महिनामा रु.१५.३२ खर्ब रेमिट्यान्स भित्रियो
काठमाण्डौ । चालु आवको ११ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिट्यान्ट)१५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिसम्म रेमिट्यानस १५.५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यस वर्षको जेठ महिनाको मात्रै विप्रेषण आप्रवाह रु.१ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ ।