समाज र ग्रामिण विकास लघुवित्तको सेयर कारोबार रोक्का
काठमाण्डौ । नेप्सेले समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ । यी दुई संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने कार्य सम्पन्न भई कात्तिक २ गतेदेखि ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले दुबै संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।