सानिगाड हाइड्रोको आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

