साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।