सेबोनका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिदै, आजदेखि धर्ना र पेन डाउन सुरु
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन् । बोर्डका कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।युनियनले एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

