सोमबार, जेष्ठ ४,२०८३ 07:04:25
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:04:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेबोनका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिदै, आजदेखि धर्ना र पेन डाउन सुरु

Laxmi Sunrise Bank Limited
सेबोनका कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिदै, आजदेखि धर्ना र पेन डाउन सुरु
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु फेरी आन्दोलनमा उत्रिएका छन् । बोर्डका कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

युनियनले एक विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।

Bizshala
New Office
CG Motors

युनियनले पछिल्लो समय प्रतिनिधि सभाको चुनावका कारण आचारसंहिताका कारण हरेक दिन १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम स्थगन भई आएकोमा यहि फागुन २८ गते देखि पुनः सशक्तरुपमा हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम निरन्तर गर्ने विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

युनियनले आजदेखि हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र पेन डाउन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । पेन डाउन कार्यक्रममा कर्मचारीहरू कार्यालयमा उपस्थित भए पनि कामकाज ठप्प पार्ने युनियनले चेतावनी दिएको छ ।  

कर्मचारी युनियनले बोर्ड व्यवस्थापनलाई तत्काल वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.