२–३ हजारमै सेयरबजार प्रवेशको अवसर, नेप्सेमा झण्डै ५० कम्पनीको सेयरभाउ अत्यन्तै सस्तो !
काठमाण्डौ । सेयरबजारमा लगानी गर्न ठूलो रकम नै आवश्यक पर्छ भन्ने छैन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत धेरै कम्पनीका सेयरभाउ २ सयदेखि ३ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेका छन् । न्यूनतम १० कित्ता खरिद गर्न सकिने व्यवस्थाअनुसार धितोपत्र दोस्रो बजारमा २–३ हजार रुपैयाँबाटै लगानीको सुरुवात गर्न सकिनेछ । बजारमा बैंक, विकास बैंक, फाइनान्स तथा जलविद्युत् समूहका...

