मंगलवार, जेष्ठ ५,२०८३ 12:24:28
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:24:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वारेन बफेटका यी टिप्स फलो गरे सेयर लगानीबाट मालामाल !

Laxmi Sunrise Bank Limited
वारेन बफेटका यी टिप्स फलो गरे सेयर लगानीबाट मालामाल !
Shivam Cement

काठमाण्डौ । विश्वका धनाढ्य व्यक्तिमध्ये एक तथा दिग्गज सेयर लगानीकर्ता वारेन बफेटका टिप्स अपनाएर थुप्रै मानिसले लगानी गरे र सफल पनि भए । बफेटका टिप्स लगानीका मामिलामा प्रायः काम आउँछ । उनका टिप्सलाई अन्य लगानीकर्ताले पअनुशरण गर्ने गरेको पाइन्छ ।  

बफेटको मान्यता छ कि कमाइ बढाउनका लागि सही दिशा र रणनीति आवश्यक हुन्छ । प्रायः मानिस धनाढ्य व्यक्तिलाई गाली गर्ने गर्छन् तर यो कुनै हल भने होइन । त्यसैले धनाढ्यलाई गाली गर्नुभन्दा कमाइ गर्ने सही दिशा र रणनीति अपनाएर लगानी गर्नतिर लाग्नु नै बुद्धिमत्ता हुन्छ । आम्दानी बढाउनका लागि पनि यही तरिका हो कि सही क्षेत्रमा लगानी गर्नुहोस् र मुनाफा कमाउनुहोस् ।

तथापि बफेटको मान्यता छ कि आफ्नो कमाइको केही हिस्सा ट्याक्सका रुपमा अवश्य बुझाउनुपर्छ । आउनुहोस् बफेटका मुनाफा कमाउने यस्तै ९ टिप्स सिकौँ र भविष्यमा राम्रो आम्दानी गर्न सफल होऔँ ।  

१. भ्यालू इन्भेस्टिङ

भ्याल्यू इन्भेस्टिङ स्टक छनोट गर्ने एउटा माध्यम हो । यसको मतल हो कि तपाइँ त्यस्ता कम्पनीका सेयर छनोट गर्नुहोस् जसको आम्दानी, डेबिडेन्ड, बुक भ्याल्यू र क्यासफ्लोलाई ध्यानमा राखेर फन्डामेन्टल निकै मजबुत होस्। जुन अन्डरभ्याल्यू होस् वा मूल्य बढ्ने सम्भावना पनि होस् ।  

२. क्वालिटी

क्वालिटी बिजनेसमा ग्रोथ र कम्पाउन्ड क्यासफ्लोको सम्भावना धेरै हुन्छ । त्यहीँ लो क्वालिटी बिजनेस डुब्ने सम्भावना हुन्छ । यस्तोमा मार्केट म्यानेजर्स पनि तपाइँलाई बचाउन सक्ने छैनन् । त्यसैले जहिले पनि त्यस्ता होनहार म्यानेजर्स साथमा राख्न आवश्य हुन्छ, जो उद्देश्य र हित तपाइँसँग मिल्छ ।  

Bizshala
New Office
CG Motors

३.डायभर्सिफाई नहुनुहोस्

यस्तो लगानी गर्नुहोस् जुन पूरै जिन्दगीका लागि होस् । जुन तपाइँलाई हमेशा नाफा दिन्छ । त्यस्ता अवसरहरुमा जहिल्यै नजर राख्नुहोस् जुन दुनियाँमा कहीँ पनि पाउन सकिन्छ । अवसर कुनै अनपेक्षित इन्डस्ट्रीमा हुन सक्छ ।  

४. सहनशील क्षमता राख्नुहोस्

सामञ्जस्य र सहनशील निकै जरुरी कुरा हो । धेरैजसो लगानीकर्ता आफ्नो दुश्मन आफैँ हुन्छन् । सहनशील गर्ने क्षमताले फाइदा नै हुन्छ । 

५. उतार–चढावले अवसर मिल्छ  

कम्पनीलाई हेरेर लगानीमा धेरै खर्च वा अनुमानभन्दा बढी भुक्तान गर्नु जोखिम हुन सक्छ । भ्याल्यूभन्दा धेरै मूल्यमा उतारचढाव हुन्छ तर मूल्यमा उतारचढाव हुनुले अवसर दिन्छ ।  

६. मौका छैन भने लगानी नगर्नुहोस्  

यस्ता घटना कुनै पनि बेला हुन सक्छ । जसको अनुमान पनि नहोस् । यसका लागि सधैँ तयार रहनुपर्छ । तपाइँ लगानीसँग जोडिएका केही गल्ती गर्न सक्नुहुन्छ र यसका बाबजुद पनि सफल हुन सक्नुहुन्छ । सही मौका मिलिरहेको छैन भने नगद आफूसँग राख्नु नै समझदारी हुन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

७. लगानीभन्दा रिटर्न महत्व बढी  

यसले कुनै मतलब राख्दै न कि तपाइँ पब्लिक कम्पनी, प्राइभेट कम्पनी, डेट, प्रिफेर्ड सेयर वा इक्विटीमध्ये केमा लगानी गरिरहनुभएको छ । लगानीको तरिकारभन्दा त्यसबाट प्राप्त हुने रिटर्नले धेरै महत्व राख्छ ।  

८. स्पष्टता आवश्यक

आफ्ना गल्तीहरुलाई पहिचान गर्नु, दृढताका साथ अगाडि बढ्नु र गल्तीहरुबाट सिक्न आवश्यक छ । जस्तै राम्रो राइटिङले तपाइँको सोच राम्रो बनाउन सक्छ । यस्तो सेयरहोल्डर्ससँग पनि हुन्छ ।  

९. जुन काम मन पराउनुहुन्छ, त्यही गर्नुहोस्

सर्ट टर्म परफर्मेन्स प्रेसरलाई खतम गर्नका लागि लाइक–माइन्डेड सेयरहोल्डर्सजस्तै लगानी गर्नुहोस् । त्यो काम गर्नुहोस्, जुन तपाइँलाई मन पर्छ । यसले तपाइँलाई पूरै जिन्दगीमा यस्तो कहिल्यै महसुस हुँदैन कि तपाइँले एक दिन पनि काममा खटिनुभएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.