मंगलवार, श्रावण ५,२०८३ 12:31:49
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:31:49
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्ड र महिला आर्थिक पत्रकार संघका पदाधिकारीबीच छलफल, बोर्ड अध्यक्षले के भने ?

धितोपत्र बोर्ड र महिला आर्थिक पत्रकार संघका पदाधिकारीबीच छलफल, बोर्ड अध्यक्षले के भने ?
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड तथा महिला आर्थिक पत्रकार संघ(फेजा)का पदाधिकारी बीच आज बोर्डको कार्यालयमा छलफल भएको छ । बोर्डका पदाधिकारी तथा फेजाका पदाधिकारीबीच बजार विकास तथा सुधार एवं आपसी सहकार्यका सम्बन्धमा छलफल केन्द्रित रहेको थियो । छलफलका क्रममा फेजाका अध्यक्ष शर्मिला ठकुरीले फेजा स्थापनाको चरण देखि नै बोर्डबाट सकारात्मक सहयोग पाएको तथा यी संस्थाहरूबीच गहिरो र प्रगाढ सम्बन्ध विकास भएको विषय उजागर गरिन् । 

त्यस्तै पूँजी बजारमा रिपोटिङ्ग गर्ने महिला पत्रकारहरूमा रहेको Knowledge Gap कम गर्न, वित्तीय साक्षरता बढाउन र बजार सम्बन्धी अनुसन्धान कार्यम फेजा र बोर्डबीच बृहत्तर सहकार्यको खाँचो रहेको औल्याउँदै सो विषयमा नवनियुक्त अध्यक्षबाट सकारात्मक उर्जाको अपेक्षासहित फेजा टिम बोर्डमा आएको बताइन् । छलफलमा क्रममा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टले बोर्डले आगामी आ.व. २०८३/८४ को पूँजीबजार नीति तथा नेपालको पूँजीबजार विकास मार्गचित्र, २०८३ (Capital Market Development Blueprint of Nepal, 2026) मा समग्र पूँजीबजार विकास कार्य योजना सार्वजनिक गरिसकेकोले सोमा रहेको विकासका एजेण्डालाई लगानीकर्ताहरूलाई यथार्थरूपमा बुझाउने भूमिकाको अपेक्षा गरेको बताए । 

उनले राज्यका निकाय तथा लगानीकर्ताहरूबीच पुलको काम पत्रकारहरूले गर्ने हुनाले प्राविधिक विषयहरूलाई राम्रो सँग चिरफार गरी लगानीकर्ताहरूले वास्तविकरूपमा बुझन सक्ने गरी प्रेषित हुने वातावरण मिलाउन बोर्डले फेजासँग सहकार्यको ढोका सधै खुला राख्ने समेत बताए । 

आगामी दिनहरूमा बोर्डबाट तर्जूमा गरिने नयाँ नीति तथा कार्यक्रम Consultation को लागि राखिने र उक्त विषयहरूको मिहिन अध्ययन गरी लगानीकर्ताहरूलाई बुझाउने विषयमा फेजामा आबद्ध सदस्यहरूबाट वास्तविक सूचना प्रवाहको अपेक्षा राखे । 

साथै अबका दिनमा बोर्डबाट नयाँ नयाँ उपकरण तथा सेवाको शुरूवात गर्न लागेको र कतिपय विषय प्राविधिक हुने भएकोले यस्ता विषयहरूमा पर्याप्त ज्ञान लिई लगानीकर्ताहरूलाई बुझाउनुपर्ने दायित्व सबैको रहेकोले आवश्यक सहयोग र समन्वयका लागि बोर्ड तयार रहेको जानकारी समेत गराए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.