मंगलवार, श्रावण ५,२०८३ 05:53:38
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:53:38
Bizshala
Global IME Bank Limited

तुलसीपुर राजस्व कार्यालयले उठायो ४ अर्ब ३० करोड, लक्ष्यको ८५ प्रतिशत मात्रै सङ्कलन

तुलसीपुर राजस्व कार्यालयले उठायो ४ अर्ब ३० करोड, लक्ष्यको ८५ प्रतिशत मात्रै सङ्कलन
New Office

 

काठमाण्डौ ।  आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब ३० करोड ६१ लाख १९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयको वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत हो।

कार्यालयले गत आर्थिक वर्षमा ५ अर्ब ५ करोड ३३ लाख ६१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो। लक्ष्य पूरा नभए पनि अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन ८.९३ प्रतिशतले बढेको कार्यालयका कर अधिकृत उपेन्द्र पुनले जानकारी दिए।

सङ्कलित राजस्वमध्ये आयकरबाट सबैभन्दा धेरै २ अर्ब ३८ करोड ८१ लाख ५ हजार रुपैयाँ प्राप्त भएको छ। त्यस्तै, मूल्य अभिवृद्धि करबाट १ अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कबाट ७७ करोड २६ लाख ९८ हजार र अन्य शीर्षकबाट १४ करोड ३४ लाख ५१ हजार रुपैयाँ सङ्कलन भएको छ।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरको कार्यक्षेत्रमा दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्ला पर्छन्। कार्यालयअन्तर्गत करिब एक लाख करदाता रहेका छन्।

जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन तथा महत्वपूर्ण कागजात जलेर नष्ट भए पनि सेवा प्रवाह भने नरोकिएको कार्यालयले जनाएको छ। भवनमा क्षति भएपछि केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा दिइएको थियो। हाल कार्यालयले त्रिसिद्धेश्वर मन्दिरको धर्मशाला भाडामा लिएर सेवा सञ्चालन गरिरहेको छ।

करदाताको क्षमता अभिवृद्धि र करसम्बन्धी जानकारी विस्तार गर्न कार्यालयले गत आर्थिक वर्षमा विभिन्न १८ स्थानमा सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।

त्यस अवधिमा कार्यालयबाट ४ हजार २९५ जनाले व्यावसायिक स्थायी लेखा नम्बर र २८ हजार ३८० जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। त्यस्तै, ४ हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र दर्ता तथा नवीकरण गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.