मंगलवार, श्रावण ५,२०८३ 09:08:56
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:08:56
Bizshala
Global IME Bank Limited

इरानद्वारा बहराइनस्थित अमेजनको डेटा पूर्वाधारमा आक्रमण गरेको दाबी

इरानद्वारा बहराइनस्थित अमेजनको डेटा पूर्वाधारमा आक्रमण गरेको दाबी
New Office

काठमाण्डौ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी अमेजनको डेटा पूर्वाधारमाथि आक्रमण गरेको दाबी गरेको छ। इरानसम्बद्ध राज्य सञ्चारमाध्यम फार्स न्यूज एजेन्सीमार्फत सार्वजनिक गरिएको वक्तव्यमा आईआरजीसीले अमेजनको डेटा केन्द्रलाई लक्षित गरी क्षति पुर्याएको उल्लेख गरेको छ।

फार्सका अनुसार आईआरजीसीले बहराइनस्थित अमेजनको केन्द्रीय डाटा पूर्वाधार माथि क्रुज क्षेप्यास्त्र प्रयोग गरी आक्रमण गरेको दाबी गरेको हो। यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन। अमेजन र बहराइनका सम्बन्धित निकायहरूले यस विषयमा तत्काल विस्तृत प्रतिक्रिया दिएका छैनन्।

अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा बढेको सैन्य तनावका क्रममा प्रविधि पूर्वाधारसमेत जोखिममा परेको छ। यसअघि पनि मध्यपूर्व क्षेत्रमा रहेका अमेजन वेब सर्भिसेजका केही पूर्वाधारमा आक्रमणका कारण अवरोध आएको रिपोर्टहरू सार्वजनिक भएका थिए।

आईआरजीसीले यसअघि मध्यपूर्वमा सञ्चालनमा रहेका केही अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्ने चेतावनी दिएको थियो। यसले अमेजन, माइक्रोसफ्ट, एप्पल र गुगलजस्ता विश्वव्यापी प्रविधि कम्पनीहरूको क्षेत्रीय पूर्वाधारमाथि सुरक्षा चिन्ता बढाएको छ।

यसैबीच, अमेरिका–इरान द्वन्द्व पुनः चर्किएपछि अमेरिकी सेनाले इरानी क्षमताहरू कमजोर बनाउने उद्देश्यले लगातार सैन्य कारबाही गरिरहेको जनाएको छ। इरानले पनि अमेरिकी तथा सहयोगी मुलुकका क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

विश्वको महत्वपूर्ण उर्जा मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा तनाव बढेपछि अन्तर्राष्ट्रिय जल यातायात प्रभावित भएको छ। केही जहाजहरूले आफ्नो ट्रान्सपोन्डर बन्द गरेर यात्रा गरिरहेका छन्, जसले सुरक्षा चिन्ता बढाएको छ।

अमेरिकी प्रशासनले भने हर्मुज जलमार्ग खुला रहेको र ऊर्जा आपूर्ति जारी रहेको जनाएको छ। तर क्षेत्रीय तनावका कारण विश्वव्यापी उर्जा बजार र आपूर्ति शृंखलामा अनिश्चितता बढेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.