अमेरिकी पक्षसँग कुनै पनि स्तरको वार्ता हुँदैन, दोहामा बैठक हुने भनिएको ट्रम्पको दाबीमा सत्यता छैनः इरान
काठमाण्डौ । ईरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ईरान र अमेरिकाबीच दोहामा बैठक हुने दाबीलाई अस्वीकार गरेको छ।ईरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा अमेरिकी पक्षसँग कुनै पनि स्तरको वार्ता वा बैठक नहुने स्पष्ट पारेका छन्। उनले कतारमा अमेरिकी प्रतिनिधिहरूको यात्रा र ईरानी प्रतिनिधिमण्डलको गतिविधिबीच कुनै सम्बन्ध नरहेको...

