मंगलवार, माघ २०,२०८२ 02:12:31
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:12:31
Bizshala
Global IME Bank Limited
Bizshala

इरानलाई ट्रम्पको चेतावनी, ‘सही व्यवहार नगरे परिणाम भोग्नुपर्छ’

इरानलाई ट्रम्पको चेतावनी, ‘सही व्यवहार नगरे परिणाम भोग्नुपर्छ’
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ‘सही तरिकाले व्यवहार गर्नुपर्ने’ बताएका छन्। मंगलबार पत्रकारसँगको संवादमा इरानले अमेरिकाले आक्रमण गरे प्रतिकार गर्ने चेतावनी दिएको विषयमा प्रश्न सोधिँदा ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले भने, ‘इरानले अघिल्लो पटक पनि यस्तै भनेको थियो। त्यसपछि मैले उनीहरूको परमाणु ठिकानाहरू नष्ट गरिदिएको थिएँ, जुन अब उनीहरूसँग छैन। त्यसैले उनीहरूले सही व्यवहार गर्नुपर्छ।’

Bizshala
Garima Development Bank
New Office

इरानमा जारी विरोध प्रदर्शन र त्यहाँका जनताका विषयमा पनि राष्ट्रपति ट्रम्पले धारणा राखेका छन्। उनले इरानमा लोकतन्त्र देख्न चाहेको उल्लेख गर्दै भने, ‘हामी मानिसहरूको हत्या होस् भन्ने चाहँदैनौँ। हामी उनीहरूका लागि स्वतन्त्रता चाहन्छौँ। उनीहरू लामो समयदेखि नरकजस्तो जीवन बिताइरहेका छन्।’

ट्रम्पका अनुसार इरान कुनै समय लगानीका लागि आकर्षक स्थान थियो। उनले भने, ‘मेरा केही साथीहरूले त्यहाँ लगानी गरेका थिए र राम्रो नाफा पनि कमाएका थिए। त्यो एक उत्कृष्ट ठाउँ थियो। त्यहाँका मानिसहरू राम्रो थिए, नेतृत्व पनि राम्रो थियो। तर अहिले अवस्था नरकमा बस्नुपरेजस्तै भएको छ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

इरानमा गत डिसेम्बर २८ देखि निरन्तर विरोध प्रदर्शन भइरहेको छ। सुरुमा महँगी र कमजोर अर्थतन्त्रको विरोधमा सुरु भएका यी प्रदर्शनहरू पछिल्लो समय हिंसात्मक बन्दै गएका छन्। मानवअधिकार संस्थाहरूले यी प्रदर्शनका क्रममा अहिलेसम्म हजारौँ मानिसको मृत्यु भएको दाबी गरेका छन्।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.