शुक्रबार, असार १९,२०८३ 06:55:15
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:55:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुशासन र नागरिक सेवामा सरकारको १०० दिन सफल: रवि लामिछाने

नागरिकलाई प्रत्यक्ष राहत दिने सेवा सुधार, डिजिटल प्रणाली र होम डेलिभरी सेवामा सरकार केन्द्रित भएको दाबी

Laxmi Sunrise Bank Limited
सुशासन र नागरिक सेवामा सरकारको १०० दिन सफल: रवि लामिछाने

काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारको शुरुआती १०० दिन सुशासन र नागरिक सेवाका हिसाबले सफल रहेको दाबी गरेका छन्।

सरकार गठनको १०० दिन पूरा हुन लागेको सन्दर्भमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै लामिछानेले यो अवधिमा सरकारले नागरिकसँग प्रत्यक्ष जोडिएका विषय, सेवा प्रवाह र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको बताए।

New Office
CG Motors
Garima Development Bank

उनका अनुसार अहिले सरकारको मुख्य ध्यान नागरिकले दैनिक रूपमा सेवा लिने निकायहरूलाई झन्झटरहित बनाउने, डिजिटल प्रविधिको प्रयोग बढाउने र घरमै सेवा पुर्‍याउने प्रणाली विस्तार गर्ने दिशामा केन्द्रित छ। उनले यी प्रयासलाई सुशासनको आधार तयार पार्ने सुखद सुरुवातका रूपमा व्याख्या गरे।

लामिछानेले विकास निर्माण र दीर्घकालीन महत्वका परियोजनाको परिणाम तत्काल देखिन नसक्ने भए पनि त्यसको प्रभाव आगामी दिनमा स्पष्ट हुँदै जाने बताए। विशेषगरी पूर्वाधार क्षेत्रमा तीन वर्षे प्याकेज बनाएर काम अघि बढाइएको जानकारी दिँदै उनले केही कामको नतिजा तत्काल देखिने र केहीको प्रभाव समयसँगै देखिने धारणा राखे।

उनले सरकारको १०० दिनलाई सञ्चारमाध्यम, नागरिक समाज र विश्लेषकहरूले नजिकबाट नियालिरहेको उल्लेख गर्दै १०० दिन पूरा भएपछि आउने रचनात्मक प्रतिक्रिया र आलोचनालाई सरकारका लागि महत्वपूर्ण सुझावका रूपमा लिइने बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

“नागरिक समाज र सञ्चारमाध्यमले औँल्याएका कमजोरीलाई सरकारले सुझावका रूपमा ग्रहण गर्छ। आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने सरकारको प्रतिबद्धता छ,” लामिछानेले भने।

समग्रमा नागरिकका समस्या सम्बोधन गर्ने, सेवा प्रवाहलाई सहज बनाउने र सुशासनको आधार तयार गर्ने सवालमा सरकारको शुरुआती १०० दिन उपलब्धिमूलक रहेको निष्कर्ष लामिछानेले निकालेका छन्। उनले सरकारको थप समीक्षा भने १०० दिनपछि बाहिर आउने प्रतिक्रिया र सुझाव हेरेर गरिने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.