शुक्रबार, असार १९,२०८३ 06:00:39
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 06:00:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानमाथि आज हमला गर्ने तयारी थियो तर खाडीका देशहरुको आग्रहमा रोके : ट्रम्प

Laxmi Sunrise Bank Limited
इरानमाथि आज हमला गर्ने तयारी थियो तर खाडीका देशहरुको आग्रहमा रोके : ट्रम्प

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलवारका लागि तय गरिएको सम्भावित सैन्य हमला तत्कालका लागि स्थगित गरिएको बताएका छन्। उनले मध्यपूर्वका प्रमुख नेताहरूको आग्रहपछि यो निर्णय गरिएको जानकारी दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै कतारका अमिर तमिम बिम हमाद अल थामी, साउदी अरबका युवराज मोहमद बिन सलमान तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहमद बिन जायेद अल नायनले इरानविरुद्धको आक्रमण रोक्न आग्रह गरेको बताएका छन्।

New Office
CG Motors
Garima Development Bank

ट्रम्पका अनुसार ती नेताहरूले अहिले गम्भीर कूटनीतिक वार्ता जारी रहेकाले सैन्य कारबाहीले क्षेत्रीय तनाव झन् बढ्न सक्ने चिन्ता व्यक्त गरेका थिए। उनले सम्भावित सम्झौतामार्फत इरानलाई परमाणु हतियार विकासबाट रोक्ने विषय सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

ट्रम्पले रक्षा मन्त्री पेगे हेगसेट, ज्वाइन्ट चिफ्स अफ स्टाफका अध्यक्ष ड्यानियल केइन तथा अमेरिकी सेनालाई तत्काल हमला नगर्न निर्देशन दिएको बताए। साथै उनले कुनै स्वीकार्य सम्झौता नभए ठूलो स्तरको सैन्य कारबाहीका लागि तयार रहन पनि आदेश दिएको जनाएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, इरानसँगको सम्भावित युद्धप्रति अमेरिकी जनमत सकारात्मक नरहेको विभिन्न सर्वेक्षणहरूले देखाएका छन्। हालै सार्वजनिक एक सर्वेक्षणअनुसार अधिकांश अमेरिकी मतदाताले इरानसँग युद्धमा जानु गलत निर्णय हुने बताएका छन्। विश्लेषकहरूका अनुसार यसले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई राजनीतिक दबाब बढाउन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.