काठमाण्डौ । इरानले आफ्ना छिमेकी खाडी देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन र कुवैतसँग युद्धका क्रममा भएको क्षतिको भरपाई माग गरेको छ।
संयुक्त राष्ट्र संघमा इरानका स्थायी प्रतिनिधि अमिर सईद इरवानीले महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै ती देशहरूले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको आरोप लगाएका छन्।
उक्त पत्रमा इरानले यी पाँच देशहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा नगरेका कारण अब उनीहरू जिम्मेवार ठहरिएको उल्लेख गरेको छ। इरानले आफूलाई भएको सम्पूर्ण क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग पनि अघि सारेको छ, जसमा भौतिक तथा मानसिक दुवै प्रकारका क्षति समावेश छन्।
इरवानीले पठाएको पत्रलाई इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले सार्वजनिक गरेको हो।
इरानले यसअघि पनि यस्तै प्रकारको माग गर्दै अमेरिका समक्ष युद्धमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको थियो।

