शनिबार, जेष्ठ २,२०८३ 04:29:58
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 04:29:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ईरानले अमेरिकासँगको युद्ध अन्त्यका लागि पाकिस्तानलाई पठायो शान्ति प्रस्ताव

Laxmi Sunrise Bank Limited
ईरानले अमेरिकासँगको युद्ध अन्त्यका लागि पाकिस्तानलाई पठायो शान्ति प्रस्ताव
Shivam Cement

काठमाण्डौ । ईरानले पाकिस्तानमार्फत अमेरिका समक्ष शान्ति प्रस्ताव अघि सारेको छ, जसको उद्देश्य जारी तनाव र सम्भावित द्वन्द्वलाई स्थायी रूपमा अन्त्य गर्नु रहेको सरकारी समाचार एजेन्सी आईआरएनएले जनाएको छ।

आईआरएनएका अनुसार अमेरिकाबाट प्राप्त प्रस्तावमाथि ईरानी नेतृत्वले करिब दुई हप्तासम्म गहन समीक्षा गरेपछि आफ्नो औपचारिक प्रतिक्रिया पठाएको हो। यो प्रतिक्रिया त्यतिबेला आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई कडा चेतावनी दिँदै मंगलबारसम्मको समयसीमा तोकेका थिए। उनले स्ट्रेट अफ हर्मुज खुला नरहेमा ईरानका ऊर्जा पूर्वाधार तथा पुलहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।

Bizshala
New Office
CG Motors

६ अप्रिलमा ईरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मध्यस्थमार्फत सन्देश आदान–प्रदान भएको पुष्टि गरेका थिए। तर उनले अमेरिकाले प्रस्तुत गरेको १५ बुँदे योजनालाई तेहरानले अस्वीकार गरेको स्पष्ट पारे।

Garima Development Bank
Shivam Cement
IME remit

आईआरएनएका अनुसार ईरानले पठाएको १० अनुच्छेदीय जवाफमा विगतका अनुभवलाई उल्लेख गर्दै तत्काल युद्धविरामको प्रस्ताव अस्वीकार गरिएको छ। यसको सट्टा, तेहरानले आफ्नै सर्तहरूमा आधारित दीर्घकालीन र स्थायी समाधानको आवश्यकता औंल्याएको छ।

ईरानले प्रस्तावमा क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित आवागमन सुनिश्चित गर्ने व्यवस्था, युद्धपछिको पुनर्निर्माण तथा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू हटाउने जस्ता प्रमुख मागहरू अघि सारेको जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.