शनिबार, जेष्ठ २,२०८३ 01:13:29
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:13:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इरानका आणविक केन्द्रहरु ध्वस्त नभएको खबर पूर्ण रुपमा झुटो : ट्रम्प

Laxmi Sunrise Bank Limited
इरानका आणविक केन्द्रहरु ध्वस्त नभएको खबर पूर्ण रुपमा झुटो : ट्रम्प
Shivam Cement

काठमाण्डौ । इरानको आणविक केन्द्रहरुमा आक्रमणको बारेमा प्रश्न उठेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भड्किएका छन् । ट्रम्पले अमेरिकाले इरानका आणविक केन्द्रहरुमा गरेको हमलाको प्रभाव नपरेको खबर झुटो भएका बताएका छन् ।  

ट्रम्पले भने, ‘सीएनएनले इतिहासको सबैभन्दा सफल सैन्य आक्रमणहरू मध्ये एकलाई कम गर्न न्यूयोर्क टाइम्ससँग मिलेर यो झुटो खबर फैलाएको हो। इरानका परमाणु  केन्द्रहरु पूर्ण रूपमा ध्वस्त भएका छन्।’ तीन इरानी आणविक केन्द्रहरुमा अमेरिकी हमलाले तेहरानको आणविक कार्यक्रमलाई नष्ट गर्नुको सट्टा केही महिना पछि मात्रै धकलेको भन्ने रिपोर्ट सीएनएनले प्रकाशित गरेपछि ट्रम्पको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । सीएनएनले एक वर्गीकृत रक्षा खुफिया एजेन्सी (डीआईए)को मूल्याङ्कनलाई उद्धृत गर्दै यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।  

Bizshala
New Office
CG Motors

मूल्यांकनले आणविक केन्द्रहरुमा भएको क्षति र आक्रमणको प्रभावको विश्लेषण जारी रहेको र थप खुफिया उपलब्ध हुनासाथ परिवर्तन हुन सक्ने बताएको छ। गुप्तचर मूल्यांकन ट्रम्पको दावी भन्दा पूर्णतया फरक छ,जसमा अमेरिकी राष्ट्रपतिले इरानको आणविक केन्द्र पूर्ण रुपमा ध्वस्त भएको बताएका छन् ।

ह्वाइट हाउसले गुप्तचर मूल्यांकनमा गरिएको दाबीलाई पूर्णतया झुटो भनेको छ। 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.