आईतवार, बैशाख २०,२०८३ 08:06:06
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 08:06:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चीनले गर्यो अमेरिकी प्रतिबन्ध नमान्ने घोषणा

Bizshala
चीनले गर्यो अमेरिकी प्रतिबन्ध नमान्ने घोषणा
Shivam Cement

काठमाण्डौ । चीनले ईरानी कच्चा तेल खरिद गर्ने पाँच चिनियाँ कम्पनीमाथि अमेरिकाले लगाएको प्रतिबन्ध अस्वीकार गर्ने जनाएको छ। चीनको वाणिज्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा यस्ता एकपक्षीय प्रतिबन्धहरूले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको उल्लेख गरिएको छ।

मन्त्रालयले अमेरिकी कदमले अन्य मुलुकहरूसँग हुने सामान्य आर्थिक तथा व्यापारिक गतिविधिमा अवरोध सिर्जना गर्ने जनाएको छ। ‘हामी यस्ता प्रतिबन्धहरूलाई मान्यता दिँदैनौं र चिनियाँ कम्पनी तथा संस्थाहरूलाई पनि ती लागू नगर्न निर्देशन दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चीनले विशेष गरी संयुक्त राष्ट्रको स्वीकृति बिना लगाइने एकपक्षीय प्रतिबन्धको निरन्तर विरोध गर्दै आएको छ। यसैबीच, अमेरिकाले हालै अर्को चिनियाँ कम्पनीमाथि पनि प्रतिबन्ध लगाएको छ, जसले लाखौं ब्यारेल ईरानी तेल आयात गरी ईरानका लागि अर्बौं डलर आम्दानी जुटाएको आरोप लगाइएको छ।

CG Motors
Garima Development Bank
IME remit

यद्यपि, चिनियाँ वाणिज्य मन्त्रालयले आफ्नो विज्ञप्तिमा सो कम्पनीको नाम खुलाएको छैन।

यो घटनाक्रम त्यस्तो बेला सार्वजनिक भएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यही महिनामा चीन भ्रमणमा जाने तयारीमा छन् र चिनियाँ राष्ट्रपति शी चिनफिङ सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूले यस घटनाले दुई देशबीचको व्यापारिक तथा कूटनीतिक सम्बन्धमा थप तनाव सिर्जना गर्न सक्ने बताएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.