शनिबार, जेष्ठ २,२०८३ 06:53:31
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:53:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिकी हमलापछि इरानको कडा चेतावनी, ‘सिंहको दात देखेर न सम्झ कि उ हाँसिरहेको छ’

Laxmi Sunrise Bank Limited
अमेरिकी हमलापछि इरानको कडा चेतावनी, ‘सिंहको दात देखेर न सम्झ कि उ हाँसिरहेको छ’
Shivam Cement

काठमाण्डौ । अमेरिकाले इरानका केही सैन्य ठेगानामाथि बमबारी गरेको दाबी गरेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। अमेरिकी पक्षले उक्त कारबाही इरानबाट आफ्ना युद्धपोतहरूलाई लक्षित गर्दै गरिएको आक्रमणको जवाफस्वरूप गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले हर्मुज जलमार्ग क्षेत्रमा रहेका अमेरिकी डेस्ट्रोयर जहाजहरूलाई निशाना बनाएको आरोप लगाए। उनका अनुसार अमेरिकी सेनाले जवाफी कारबाही गर्दै इरानका धेरै साना सैन्य डुंगा नष्ट गरेको तथा प्रहार गरिएका मिसाइलहरूलाई सफलतापूर्वक खसालेको थियो।

Bizshala
New Office
CG Motors

यता, इरानले भने अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माली बाघेईले सामाजिक सञ्जाल एक्समार्फत सांकेतिक चेतावनी दिँदै लेखेका छन्, ‘यदि तिमीले सिंहका बाहिर निस्किएका दाँत देख्यौ भने, त्यसलाई सिंह मुस्कुराइरहेको ठान्नु हुँदैन।’

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, इरानको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजिले पनि अमेरिकालाई लक्षित गर्दै कडा प्रतिक्रिया दिएका छन्। उनले ‘एउटै गल्ती पटक–पटक दोहोर्‍याउँदा फरक नतिजा आउँदैन, बरु अझ कडा जवाफ प्राप्त हुन्छ’ भन्दै इरानको नयाँ समुद्री रणनीतिलाई सम्मान गर्न आग्रह गरेका छन्।

हाल हर्मुज जलमार्ग क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ। विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त समुद्री मार्गमा बढ्दो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायको चासो बढाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.