मूल्यह्रास र ब्याज खर्चले थिचियो शिखर पावरः बुक भ्यालु रु. १०० भन्दा तल, जोखिमको संकेत
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पनि घाटामै देखिएको छ । विद्युत बिक्रीबाट आम्दानी बढे पनि उच्च मूल्यह्रास खर्च, प्रशासनिक दबाब र कमजोर सञ्चालन नतिजाका कारण कम्पनीको वित्तीय अवस्था दबाबमा देखिएको हो ।कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म ४ करोड ८६ लाख रुपैयाँभन्दा बढी खुद घाटा व्यहोरेको छ ।...

