शिखर पावरको आईपीओमा आवेदन दिने म्याद थप
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने समयावधि थप गरिएको छ । कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा माघ २० गतेसम्म आवेदन दिने समय दिइएको थियो ।तर उक्त अवधिभित्र मागबमोजिम आवेदन प्राप्त नभएकाले आवेदन दिने म्याद लम्बाइएको हो ।

