डा. उज्जवल पाटनीको “बिजनेस ब्लु प्रिन्ट नेपाल” काठमाण्डौमा हुँदै, मुख्य प्रायोजक शिवम् सिमेन्ट
काठमाण्डौ । नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते, २०८२ मा काठमाडौंस्थित होटल म्यारीयटमा आयोजना हुने भएको छ।व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र...