प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा सिम्रिक एयर
काठमाण्डौ । सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनकाृ विशेष प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २५ गते काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साँझ ५ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।