प्राविधिक रूपमा रिट जित्यो, कानूनी लडाइँ हार्यो हिमालयन रिइन्स्योरेन्सले
काठमाण्डौ । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियम मूल्यमा प्राथमिक सेयर निष्कासन गर्न दिइएको अनुमति कानूनसम्मत नरहेको ठहर गरेको छ।सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले बीमा ऐन, २०७९ ले सर्वसाधारणलाई अंकित मूल्यमै सेयर जारी गर्नुपर्ने विशेष व्यवस्था गरेको अवस्थामा कम्पनी ऐन र धितोपत्रसम्बन्धी सामान्य...

