जोखिम-आधारित सेयर धितो कर्जा नीति बजार स्थायित्वतर्फ सकारात्मक कदम : तारा फुल्लेल
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुल्लेलले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले सेयर धितो कर्जामा सबै सूचीकृत कम्पनीलाई एउटै मापदण्डमा राख्ने पुरानो अभ्यासबाट अघि बढ्दै जोखिम–आधारित मूल्याङ्कनलाई प्राथमिकता दिने स्पष्ट संकेत गरेको बताएका छन् । मौद्रिक नीतिमार्फत आएको यस व्यवस्थाले कम्पनीको वित्तीय अवस्था, सुशासन, पारदर्शिता तथा समग्र जोखिमको...

