लाभांश पारितको प्रस्तावसहित यूनाइटेड अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकले ३२ औँ वार्षिक साधारण सभा डाकेको हो।बैठकले यही असार ३१ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ४.२८५७ प्रतिशत बोनस सेयर र...

