लाइसेन्स भाडामा दिएर राजस्व छली गरेको आरोपमा भन्सार एजेन्ट निलम्बित
काठमाण्डौ । आफ्नो भन्सार एजेन्ट लाइसेन्स भाडामा दिएर त्यसको दुरुपयोगमार्फत राजस्व छली भएको पुष्टि भएपछि विराटनगर भन्सार कार्यालयले एजेन्ट भरत भट्टराईको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ।विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठका अनुसार पहिलो पटकका लागि भट्टराईलाई तीन महिनाको निलम्बन गरिएको हो। यस्तै गतिविधि पुनः दोहोरिए उनको लाइसेन्स नै खारेज गरिने...

