याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओमा ८.८७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज दोस्रो दिनसम्ममा कम्पनीको आइपीओमा १६ लाख ६५ हजार ६०८ जनाले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा एक अर्ब ८६ करोड २३ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख २३ हजार ९० कित्ताका लागि आवेदन परेको छ, जनु यो मागभन्दा ८.८९ गुणा बढी आवेदन हो ।

