सोमबार, जेष्ठ ४,२०८३ 08:19:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:19:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ

Laxmi Sunrise Bank Limited
सञ्चालनमा आएको एक महिनामा धरहरा प्रवेशबाट उठ्यो ५५ लाख रुपैयाँ
Shivam Cement

काठमाण्डौ । २०७२ सालको भुकम्पपछि पुनःनिर्माण भएर सञ्चालनमा आएको धरहरा प्रवेश शुल्कबाट ५५ लाख रुपैयाँ संकलन भएको छ । पुनःनिर्माणपछि सञ्चालनमा आएको एक महिनामा धरहराको प्रवेश शुल्कमार्फत ५५ लाख रुपैयाँ संकलन भएको हो ।  

आम सर्वसाधारणका लागि धरहरामा गत मङ्सिर ९ गतेदेखि शुल्कसहित प्रवेश खुला गरिएको थियो । यो अवधिमा ३१ हजार बढीले धरहरा चढेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क समावेश गरिएको छैन । अहिले बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ ।  

Bizshala
New Office
CG Motors

धरहरा चढ्नका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक बालबालिका अपाङ्गता भएका व्यक्तिलाई भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  

यस्तै सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेकका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको छ । यसका साथै, धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ तिर्नुपर्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

धरहरामा पार्किङ गर्दा प्रतिघण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ ।  

यसैगरी, धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघण्टा ५ हजार र व्यावसायिक भिडियो छाँयाकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार रुपैयाँ निर्धारण गरिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.