शुक्रबार, असार १९,२०८३ 01:48:35
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 01:48:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हाईड्रोमा आकर्षण बढ्दा झण्डै ११ खर्बको सेयर कारोबार, फाइनान्स सेक्टरको १२०५% वृद्धि

Laxmi Sunrise Bank Limited
हाईड्रोमा आकर्षण बढ्दा झण्डै ११ खर्बको सेयर कारोबार, फाइनान्स सेक्टरको १२०५% वृद्धि

काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ११ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुष मसान्तसम्म १० खर्ब ९३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।  

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३४०.३५ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्म सेयरबजारमा २ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

सर्वाधिक हाइड्रो समूहको सेयर कारोबार भएको छ । यो समूहको ३ खर्ब ६० अर्ब ८७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४७५.७६ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म हाइड्रो समूहको ६२ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा कुल ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । हाइड्रो समूहका कम्पनीहरु सर्वाधिक भएकाले यो समूहको सेयर कारोबार उच्च भएको हो । पछिल्लो समय लगानीकर्ताहरु लो क्याप कम्पनीमा आकर्षित छन् । हाइड्रो समूहका अधिकांश कम्पनीहरु लो क्याप भएका कम्पनी छन् । यसकारण पनि सेयर कारोबारमा हाइड्रो कम्पनी छान्दा सेयर कारोबार बढ्न पुगेको हो ।  

त्यस्तै, दोस्रोमा फाइनान्स सेक्टरको १ खर्ब ३१ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १२०५.३९ प्रतिशत बढी हो । गत आवको यसै अवधिसम्म यो समूहको १० अर्ब १० करोड रुपैयाँको मात्रै सेयर कारोबार भएको थियो ।  

पछिल्लो समय सेयरबजारमा फाइनान्स सेक्टरको निकै चर्चा छ । फाइनान्स कम्पनीको सेयरमूल्यलाई उचाल्ने जस्ता क्रियाकलापले गर्दा यो समूहको चर्चा चुलिँदै गएको छ । साथै फाइनान्स कम्पनीका केही लो क्याप कम्पनीहरु बजारमा चर्चित हुँदा लगानीकर्ताहरु त्यसकै पछि दौडिने प्रवृत्तिले गर्दा सोझा साझा लगानीकर्ता फस्ने क्रम बढ्दो छ । यसले यो समूहको कारोबार रकम गत आवको तुलनामा ह्वात्तै बढेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै वाणिज्य बैंक समूहको १ खर्ब २४ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । वाणिज्य बैंकहरुको सेयर करोबार रकम २५१.१० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिसम्म वाणिज्य बैंक समूहको ३५ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

त्यस्तै, विकास बैंक समूहको ८४ अर्ब ९४ करोड, लघुवित्त समूहको ७८ अर्ब २३ करोड, लगानी समूहको ७३ अर्ब ५८ करोड, जीवन बीमा समूहको ६० अर्ब ३७ करोड, अन्य समूहको ५० अर्ब ४४ करोड, निर्जीवन बीमा समूहको ४९ अर्ब ५ करोड, उत्पादन तथा प्रशोधन समूहको ४८ अर्ब २३ करोड, होटल तथा पर्यटन समूहको २४ अर्ब १३ करोड, व्यापार समूहको ४ अर्ब २१ करोड र म्युचुअल फण्ड समूहको ३ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.