आईतवार, श्रावण १०,२०८३ 07:44:21
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:44:21
Bizshala
Global IME Bank Limited

ओपन एआईलाई ९.७४ बिलियन डलरमा खरिद गर्ने मस्कको प्रस्ताव, श्याम अल्टम्यानले दिए यस्तो जवाफ

ओपन एआईलाई ९.७४ बिलियन डलरमा खरिद गर्ने मस्कको प्रस्ताव, श्याम अल्टम्यानले दिए यस्तो जवाफ
New Office

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक एलन मस्कले कृत्रिम बौद्धिकता कम्पनी ‘ओपन एआई’लाई ९.७४ बिलियन डलरमा खरिद गर्ने प्रस्ताव गरेका छन् । मस्कको एआई कम्पनी एक्सएआईका साथै साथै वेलोर इक्विटी पाटनर्स, ब्यारेन क्यापिटल जस्ता इन्भेष्टमेन्ट कम्पनीले यस्तो प्रस्ताव गरेका हुन् ।  

मस्कको यो प्रस्तावलाई ओपन एआईका सीईओ श्याम अल्टम्यानले अस्विकार गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘नो थ्याङ्क्यु । यदि तपाई चाहनुहुन्छ भने हामी पनि ट्विटरलाई ९.७४ बिलियन डलरमा खरिद गर्न चाहन्छौं ।’

अल्टम्यानलाई जवाफ दिदै मस्कले उनलाई ‘स्क्याम अल्टम्यान’ भनेका छन् । मस्कले ओपन एआई ओपन सोर्स, सेफ्टी फोकस्ड फोर्समा जाने समय आएको बताए ।  

द वाल स्ट्रिट जर्नलका अनुसार यो प्रस्ताव मस्कको वकिल मार्क टोबेराफमार्फत सोमबार ओपन एआईको बोडमा पेश गरेका थिए ।  

ओपन एआईले नोभेम्बर २०२२ मा च्याटजीपीटी ल्याएको थियो । यो एआई टुलले छोटो समयमै लोकिप्रयता कमाएको छ ।     

 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.