आईतवार, जेष्ठ ३,२०८३ 07:57:40
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:57:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् ।
 

उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल  आफू जानु अघि पनि आफ्ना विश्वासिला पात्रलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पेर जाने पक्षमा छन् ।

Bizshala
New Office
CG Motors

स्रोतका अनुसार अध्यक्ष हमालले १० दिन अगाडि अर्थात् आगामी पुस १० गतेबाट विदामा वस्ने योजना बनाएका छन् । तर उनले केहि  बठ्याईं गर्दै कार्यवाहक भने आफू निकट भनेर चिनिएका प्रवक्ता तथा कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई कार्यबाहक दिने सोच बनाएका छन् ।

स्रोतका अनुसार त्यसपछिको समय अवधिमा सके आँफै फर्कने नभए आफूले बिश्वास गरेको व्यक्तिलाई कार्यवाहक दिएर  बाहिरिने दाउमा हमाल रहेका छन् ।
यसअघि पनि देशबाहिर जाँदा अध्यक्ष हमालले उनै श्रेष्ठलाई कार्यवाहक जिम्मा दिने गरेका थिए । किनकि उसबेला पनि आफू विरुद्ध आएका पत्रहरु गोप्य राख्ने काममा श्रेष्ठले सहजीकरण गर्दै आएका थिए ।  बरिष्ठताको आधारमा धितोपत्र बोर्डमा अनुसन्धान विभागका कर्मचारी डा नबराज अधिकारी छन् । तर उनलाई यो जिम्वेवारी दिन हमालले चाहेका छैनन् ।

किनभने उनको कार्यकालभरी अधिकारी नजिकको पात्र हुन सकेनन् । हमालले सुरुवाती दिनमा उनै अधिकारीलाई विश्वास नगरेका भने होइनन् तर नबराजले कयौं पटक विभिन्न क्षेत्रबाट आएका असान्दर्भिक प्रयोजनका फाइल तथा सहयोग अस्वीकार गरिदिएका थिए । त्यसपछि  एकाएक यूर्टन भएका हमालले उनै अधिकारीलाई एउटा  कुनामा  पुरानो ल्यापटप दिएर थन्क्याई दिए । 

Garima Development Bank
Shivam Cement
IME remit

गत बुधबार मात्रै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकका अधिकारी र अन्य सदस्यको असहमति पछि स्थगित हुन पुगेको थियो ।

त्यसपछि छोटो समयमा नै नयाँ स्टकको लाइसेन्स स्वीकृत गरेर बाहिरन खोजेका अध्यक्ष हमाल यतिखेर आफ्नो योजना अनुसार काम फत्ते हुन नसकेपछि बेचैन बनेका छन् । त्यसोत  आफू र आफ्नो कार्यकालमा नयाँ  स्टक एक्सचेञ्ज ल्याएर सदाका लागि जसलिन खोजेका हमालको अन्तिम इन्डिङ भने सकिएको छैन । अन्तिमसम्म विभिन्न  शक्ति प्रयोग गरेर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स आफ्नो अनुकूलको कम्पनीलाई दिने उनको कोसिस छ ।
सार्वजनिक कार्यक्रमहरुमा यसअघि उनले आफू बोर्डको अध्यक्षमा नदोहोरिने बताएता पनि पुनः शक्तिकेन्द्र र सत्तारुढ दलका केहि नेतालाई रिझाएर बोर्डमा आउने हरसम्भव प्रयास गरिरहेका छन् । 
विभिन्न कम्पनीको प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएर  प्राथमिक सेयरमा मनोमानी गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।

स्रोतका अनुसार आगामी दिनमा जगदम्बा स्टिल, ट्रेड टावर, भुजुङ खोला हाइड्रो पावर, सोलु हाइड्रो पावर, सान्भि इनर्जी र हिमस्टार ऊर्जाको आईपीओ निष्कासनको स्वीकृति दिने जिम्वेवारीसहित उनले मुक्तिनाथ श्रेष्ठलाई कार्यवाहकको जिम्मेबारी दिँदैछन् ।

स्रोतका अनुसार हमालले जिम्मेबारी दिएता पनि पुस २० गते पछिको जिम्मेबारी  भने श्रेष्ठलाई अर्थ मन्त्रालयले पत्रपठाएर दिनु पर्नेछ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.