मंगलवार, जेष्ठ ५,२०८३ 07:28:48
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:28:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक

Laxmi Sunrise Bank Limited
जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीनव बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  

यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनाामा ९.७९ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा जीवन बीमकहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।  

सो अवधिसम्म आइपुग्दा सरकारी कम्पनी राष्ट्रिय जीवन बीमा र हिमालन लाइफ इन्स्योरेन्स बाहेक सबै बीमकले व्यवसाय बढाउन सफल भएका छन् ।  

Bizshala
New Office
CG Motors

माघ महिनासम्ममा सर्वाधिक प्रिमियम संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म २६ अर्ब ५४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा १२.०६ प्रतिशत बढी हो ।  

त्यस्तै, दोस्रो बढी प्रिमियम संकलन गर्नेमा नेशनल लाइफ रहेको छ ।कम्पनीले पनि सो अवधिसम्म ११ अर्ब २३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो रकम गत आवको तुलनामा ११.७८ प्रतिशत बढी हो ।  

यसका साथै एलआइसी नेपालले ११ अर्ब १७ करोड, हिमालयन लाइफले ९ अर्ब ९० करोड, सुर्यज्योति लाइफले ५ अर्ब ९५ करोड, एशियन लाइफले ५ अर्ब ७ करोड, सिटिजन लाइफले ३ अर्ब ९८ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड, मेट लाइफले ३ अर्ब ३७ करोड, आइएमई लाइफले २ अर्ब ९० करोड, प्रुभ महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड र सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय बढाउनेमा भने सिटिजन लाइफ अघि रहेको छ । गत आवको ७ महिनासम्म ३ अर्ब २६ करोड रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको यस कम्पनीले यस अवधिसम्म आइपुग्दा २२ प्रतिशतले व्यवसाय बढाएर ३ अर्ब ९८ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ ।  

त्यस्तै, दोस्रो बढी व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले पनि गत आवको तुलनामा २०.८९ प्रतिशतले व्यवसाय बढाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.