सोमबार, जेष्ठ ४,२०८३ 01:05:12
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:05:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?

Laxmi Sunrise Bank Limited
नेप्सेको चार्टमा बन्यो ‘बियरिस इन्गल्फिङ प्याट्रन’,बलियो सपोर्ट कति-कतिमा ?
Shivam Cement

काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा  साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।

यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

Bizshala
New Office
CG Motors

योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुई वटा क्यान्डललाई मिलाएर हेर्दा वियरिस इन्गल्फिङ प्याट्रन बनेको छ। डेली क्यान्डलको आधारमा बुधबार र बिहीबारको क्यान्डललाई मिलाएर हेर्दा यस्तो क्यान्डल बनेको हो । 

वियरिस  इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको हरियो  क्यान्डललाई पछिल्लो दिनको रातो  क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा पछिल्लो क्यान्डलको लम्बाइ लामो) अर्को मैनबत्ती बनेमा वियरिस  इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् कालो  एरो)।

Garima Development Bank
Shivam Cement
IME remit

यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। बुधबार बनेको क्यान्डललाई बिहीबार बनेको क्यान्डलले पुरै ढाकेको छ । यसविपरीत यदि अघिल्लो दिनको रातो  क्यान्डललाई पछिल्लो दिनको हरियो  क्यान्डलले पुरै ढाक्छ भने त्यसलाई बुलिस  इन्गल्फिङ भनिन्छ। 

हाल नेप्सेमा बनेको वियरिस  इन्गल्फिङको भ्यालिड मात्रा भने ७० प्रतिशत रहेको छ । यसको पुरै भ्यालिडिटिको लागि भने आगामी क्यान्डल पनि रातो बन्नु पर्ने छ ।

आज घटेको बजारले आगमी दिनमा पनि निरन्तारता पाएमा भने फिवोनासीका विन्दुहरु ०.२३,०.३८, ५०मा  क्रमश : २०८०,२०३०र २००० मा बलियो सपोर्ट लिन सक्छ । बढेमा भने बजारले २१६०,२२०३ र २२६०  मा क्रमश: प्रतिरोध लिन सक्छ । 
(नोट : सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।)

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.