मंगलवार, जेष्ठ ५,२०८३ 07:28:22
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 07:28:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा शुल्क आर्जनमा नम्बर वान बन्यो शिखर इन्स्योरेन्स, कुनले कति भित्राए व्यवसाय ?

Laxmi Sunrise Bank Limited
बीमा शुल्क आर्जनमा नम्बर वान बन्यो शिखर इन्स्योरेन्स, कुनले कति भित्राए व्यवसाय ?
Shivam Cement

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनासम्ममा २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले माघ महिनासम्म २२ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका हुन् ।  

निर्जीवन बीमा व्यवसाय गत वर्षको यसै अवधिसम्मको तुलनामा भने २.९१ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म निर्जीवन बीमा कम्पनीले २३ अर्ब ६ करोड २९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । माघ महिनासम्ममा ८ कम्पनीको व्यवसाय बढेको छ भने ६ कम्पनीको बीमा शुल्क आर्जन घट्न पुगेको छ ।  

७ महिनासम्ममा सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले पछिल्लो समय व्यवसाय ग्रोथ गरेको छ । मर्जरमा गई उत्कृष्ट व्यवसाय गर्ने सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियरलाई टक्कर दिएर शिखरले सर्वाधिक प्रिमियम संकलन गर्न सफल भएको छ ।  

केही महिनाअघि शिखरको व्यापारलाई सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले उछिनेको थियो । आर्थिक वर्ष २०८०÷८१ को ६ महिनापछि शिखर इन्स्योरेन्सले व्यवसायमा पुरानै लय समात्न सफल भएको छ । निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी प्रिमियम भित्र्याएर पुनः शिखर इन्स्योरेन्स नम्बर वान कम्पनी बन्न सफल भएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले माघ महिनासम्ममा २ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ६७ करोड रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ ।  

यता सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको व्यवसाय भने केही प्रतिशत घट्न पुगेको छ । कम्पनीले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरी तेस्रो स्थान कायम गरेको छ ।  

साथै आइजीआई प्रुडेन्सियलले १ अर्ब ९३ करोड, नेकोले १ अर्ब ८७ करोड, हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड, युनाइटेड अजोडले १ अर्ब ५२ करोड, एनएलजीले १ अर्ब ४३ करोड, सानिमा जिआइसीले १ अर्ब ३४ करोड, प्रभुले १ अर्ब ८ करोड, आरबीसीएलले ९७ करोड, द ओरियण्टलले ९३ करोड, नेपालले ८७ करोड र नेशनल इन्स्योरेन्सले ६९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

कुनले कति बढाए बीमा शुल्क ?  

गत वर्षको यसै अवधिसम्मको तुलनामा सबैभन्दा बढी नेशनल इन्स्योरेन्सले व्यवसाय बढाउन सफल भएको छ । कम्पनीले १९।२९ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।  

त्यस्तै, प्रभुले १७.१७ प्रतिशतले व्यवसाय बढाएको छ भने सानिमा जिआइसीले पनि १२.६८ प्रतिशतले व्यवसाय बढाएको छ ।  

यसका साथै दि ओरियण्टल इन्स्योरेन्सले ११.४६ प्रतिशत, हिमालयन एभरेष्टले १०.०५ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ६.८५ प्रतिशत र एनएलजी इन्स्योरेन्सले २.३६ प्रतिशतले व्यवसाय बढाएको छ ।  

यता ६ वटा कम्पनीको व्यवसाय भने घटेको छ । सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको ४२.६८ प्रतिशतले व्यवसाय खस्किएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियरको १५.९७ प्रतिशत, युनाइटेड अजोडको १३.७२ प्रतिशत, सलिकोको ४.८८ प्रतिशत, शिखरको २.८४ प्रतिशत र नेपाल इन्स्योरेन्सको १.८१ प्रतिशतले व्यवसाय घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.