मंगलवार, असार ३,२०८२ 02:00:09
  • मंगलवार, असार ३,२०८२ 02:00:09
Global IME Bank Limited

चीनले रजिष्ट्रेशन अन्त्य गरेसँगै अमेरिकी मासु निर्यातकर्ता जोखिममा, ५ अर्ब डलर घाटा व्यहोर्नु पर्ने

Hyundai Nepal
चीनले रजिष्ट्रेशन अन्त्य गरेसँगै अमेरिकी मासु निर्यातकर्ता जोखिममा, ५ अर्ब डलर घाटा व्यहोर्नु पर्ने
Nabil Bank Limited

काठमाण्डौ । चीनमा मासु निर्यात गर्दै आएका अमेरिकी कम्पनीहरु जोखिममा परेका छन् । करिब १ हजारभन्दा बढी मासु निर्यातकर्ताहरुको दर्ताको अवधि आइतबार समाप्त भएसँगै अमेरिकी मासु निर्माता कम्पनीहरु संकटमा परेका  हुन् ।  

२०२० फेज वान अन्तगर्त चीनले अमेरिकी कम्पनीहरुलाई  चीनमा मासु निर्यात अनुमति दिएको थियो । चीनको भन्सार कार्यालयको वेबसाइटमा पोर्क, बिफ र पोल्ट्री उत्पादक प्रमुख अमेरिकी कम्पनीहरु टाइसन फुड्स,स्मिथ फुड प्याकेज्ड मिट एण्ड कारगिल मिट सोलुसनको रजिष्ट्रेशन स्टाटस ‘इफेक्टिभ’ बाट ‘एक्सपायर्ड’मा परिवर्तन गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फेब्रुअरीमा करिब ८४ कम्पनीहरुको रजिष्ट्रेशन समाप्त भएको छ । तर भन्सारबाट यी कम्पनीहरुको सामान पास भईरहेको जनाइएको छ । तर चीनले कहिलेसम्म आयातलाई अनुमति दिने भन्ने बारे निश्चित भने छैन । चीनमा खाद्यान्न निर्यात गर्नेहरुले त्यहाँको भन्सारमा दर्ता हुनुपर्ने प्रावधान रहेको छ ।  

कुल दर्ता भएका दुई–तिहाई कम्पनीको रजिष्ट्रेशन सकिएसँगै अमेरिकी कम्पनीहरुको पहुँच विश्वको सबैभन्दा ठूलो मासु बजारमा कम हुनेछ । यसले अमेरिकी कम्पनीलाई ५ अर्ब डलर घाटा हुनेछ । चीनले केही दिनअघि २१ अर्ब डलरबराबरको अमेरिकी वस्तुहरुमा ट्यारिफ लगाउने घोषणा गरेको थियो ।  

सन् २०२४ मा अमेरिका, चीनमा मासु निर्यात गर्ने तेस्रो ठूलो आपूर्तिकर्ताको रुपमा रहेको थियो । पहिलो र दोस्रो स्थानमा भने ब्राजिल र अर्जेन्टिना रहेका छन् । सो वर्ष अमेरिकाबाट ५ लाख ९० हजार टन मासु चीन निर्यात भएको थियो । जुन चीनको कुल आयातको ९ प्रतिशत हो ।  

रकमको आधारमा भने अमेरिका दोस्रो ठूलो आपूर्तिकर्ता हो । गत वर्ष अमेरिकाले २.५ अर्ब डलरबराबरको मासु निर्यात गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.