Bizshala
  • मंगलवार, चैत्र १७,२०८२ 03:16:40
Bizshala
Global IME Bank Limited

कांग्रेस औपचारिक फूटतर्फ !

Hyundai Nepal
कांग्रेस औपचारिक फूटतर्फ !
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसभित्र विकसित पछिल्लो घटनाक्रमले पार्टी औपचारिक फूटतर्फ उन्मुख भएको संकेत देखिएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएपछि पार्टी औपचारिक फूटतर्फ अग्रसर भएको देखिएको छ ।  

विशेष महाधिवेशनबाट गगनकुमार थापा नेतृत्वमा नयाँ कार्यसमिति बनाएपछि कांग्रेसभित्र गम्भीर विवादको बिजारोपण भएको थियो । सो विवाद प्रतिनिधिसभा निर्वाचन २०८२ मा कांग्रेसको लज्जाजनक हार भएपछि थप चर्किएको छ । १४ औं महाधिवेशनबाट बनेको केन्द्रीय समितिले विशेष महाधिवेशनको उपदेयता चुनावी हारपछि सकिएको भन्दै आफ्ना गतिविधिलाई बढाएपछि कांग्रेसभित्र दुई धार स्पष्ट देखिएको छ र एकअर्कालाई देखाइदिने रणनीतिले पार्टी औपचारिक रुपमै फुट्ने सम्भावना बढ्दै गएको देखिएको छ ।  

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै पार्टीभित्र आफ्नो नेतृत्व दाबी सार्वजनिक गरेका थिए। त्यसकै निरन्तरतामा केन्द्रीय समिति बैठक बोलाउनु कांग्रेसभित्र दुई स्पष्ट ध्रुव-एकतर्फ विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा र अर्कोतर्फ खड्का समूह)बीचको दूरी अझ गहिरिएको संकेत हो।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

समानान्तर शक्ति संरचना निर्माणको संकेत

खड्काले केवल केन्द्रीय समिति बैठकमा सीमित नरही प्रदेश सभापति र जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गर्नु झन् महत्वपूर्ण राजनीतिक सन्देश मानिएको छ। यसले पार्टीको तल्लो तहसम्म समानान्तर शक्ति संरचना निर्माण गर्ने प्रयास भइरहेको देखाउँछ।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो कदम कुनै सामान्य असन्तुष्टि नभई संस्थागत विभाजनतर्फको व्यवस्थित तयारी हुनसक्छ। विशेषतः, धुम्बाराहीमा होटलमा दुई दिनसम्म बैठक बस्ने योजना र त्यसपछि प्रदेश–जिल्ला तहको भेला बोलाउने रणनीतिले “पार्टीभित्र अर्को पार्टी” निर्माणको संकेत दिएको छ।

पक्राउ प्रकरणलाई राजनीतिक मुद्दा बनाउने रणनीति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखक पक्राउ प्रकरणलाई खड्का पक्षले संवैधानिक र राजनीतिक प्रतिवादको मुद्दा बनाएको छ।

यसले कांग्रेसभित्रको आन्तरिक विवादलाई केवल संगठनात्मक सीमामा नराखी राष्ट्रिय राजनीतिक एजेन्डासँग जोड्ने प्रयास भएको देखिन्छ। खड्काले नेता-कार्यकर्तालाई “जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन” दिएको आह्वानले पनि आन्दोलनमुखी रणनीति अपनाउने संकेत गर्छ। तर, गगनकुमार थापा पक्षले भने विज्ञप्ति जारी गर्दा आफ्ना नेता रमेश लेखकको नाम नै नराखी नरम खालको रणनीति अपनाउने संकेत गरेको थियो । खड्का समूहले थापा समूहको यही कमजोरीमाथि प्रहार गरी समानान्तर गतिविधिलाई तीव्र पार्ने काम गरेको देखिन्छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

थापा समूहको प्रतिकार र अनुशासनको प्रश्न

खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि थापा पक्षले उनको क्रियाशील सदस्यता नवीकरण नगर्ने विषयमा छलफल सुरु गर्नु आन्तरिक द्वन्द्व औपचारिक चरणमा प्रवेश गरिसकेको प्रमाण हो।

यो कदमले पार्टीभित्र अनुशासनात्मक कारबाहीमार्फत एक पक्षलाई कमजोर पार्ने प्रयास देखिए पनि त्यसले उल्टै विभाजनलाई तीव्र बनाउनसक्छ। इतिहासले पनि देखाउँछ: नेतामाथि कारबाहीले प्रायः विद्रोहलाई अझ सशक्त बनाउने गरेको छ।

फूट नजिकिँदै, तर औपचारिक घोषणा बाँकी

समग्र घटनाक्रमले कांग्रेसभित्रको विवाद अब वैचारिक बहसबाट संगठनात्मक विभाजनतर्फ सरेको स्पष्ट संकेत गर्छ। खड्काको सक्रियता, समानान्तर बैठकहरू, र तल्लो तहसम्म विस्तारको प्रयासले पार्टी औपचारिक फूटको संघारमा पुगेको सहजै आँकलन गर्न सकिन्छ।

यद्यपि, औपचारिक विभाजनको घोषणा भने अझै भएको छैन। आगामी केन्द्रीय समिति बैठक, प्रदेश–जिल्ला भेलाहरू, र थापा पक्षको प्रतिक्रियाले कांग्रेसको भविष्य-एकता कि विभाजन)निर्धारण गर्ने देखिन्छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.