सोमबार, जेष्ठ ४,२०८३ 07:46:49
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:46:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५’ सम्पन्न

Laxmi Sunrise Bank Limited
‘नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५’ सम्पन्न
Shivam Cement

काठमाण्डौ । म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा आयोजना गरेको २ दिने Nepal–Myanmar Trade and Tourism Expo 2025 सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त Expo मा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड टुर्स तथा आईटी क्षेत्रसंग सम्बन्धित कम्पनीहरुले ५० भन्दा बढि बुथ/स्टलमा आफ्नो वस्तु तथा सेवाको प्रदशनी गरेका थिए ।

 २१ मार्च २०२५ माम्यान्मारका वाणिज्यमन्त्री U TunOhn तथा म्यान्मारका लागि नेपालका राजदुत हरिश्चन्द्र घिमिरेद्वारा रिबन काट्ने र बेलुन उडाउने समारोहबाट सुरु भएको एक्स्पो मा औपचारिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।  

रात्रीभोजसहितको उक्त कार्यक्रममा नेपाल तथा म्यान्मारका प्रतिनिधिहरुद्वारा प्रस्तुतिकरण, सांस्कृतिक प्रस्तुतिहरु, तथा अतिथिहरुद्वारा बुथ/स्टल भ्रमण समावेश थियो ।

 

साथै, नेपालको होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रको प्रतिनिधि गरी एक्स्पोमा सहभागी भएका Hotel Manaslu Pvt. Ltd., Hotel Ratnashambhava Pvt. Ltd=, Jugal Holidays, Himalayan 360,Namaste Tourism and Holidays Pvt. Ltd लाई धन्यवाद दिए । नेपाल तथा अन्य मुलुकहरुमा लोकप्रियता कमाइरहेको 2PM  Noodles  तथा Fast moving consumer goods (FMCG).Asian Thai Foods Pvt.Ltd लाई पनि सहभागिताको लागि धन्यवाद दिए । साथै,Gems and Jewelry, होटल, ट्राभल्स एण्ड टुर्स क्षेत्रसंग सम्बन्धित म्यान्मारका विभिन्न सहभागी कम्पनीहरुलाई धन्यवाद दिदै सफलताको शुभकामना दिए ।

Bizshala
New Office
CG Motors

राजदुत घिमिरेले अथितिहरुलाई एक्स्पो मा स्वागत गर्दै नेपाल र म्यान्मारको ऐतिहासिक धार्मिक सम्बन्धलाई अझ विस्तार गरी व्यापार, पर्यटन, व्यवसाय र जनस्तरको सम्बन्धका सम्भावित क्षेत्रहरूमा साझेदारीलाई सुदृढ गर्न दुतावासले निरन्तर एक्स्पो आयोजना गरेको बताए । पर्यटन र आईटी सेवाको क्षेत्रमा सहकार्य दुवै देशको पारस्परिक हितमा रहेको बताउँदै दुवै देशका सम्भावित व्यवसायीहरूलाई एकै ठाउँमा ल्याएर र सम्पर्क स्थापित गर्नका लागि यस एक्स्पो उपयुक्त प्लेटफर्मको काम गर्ने उनले बताए । राजदूत घिमिरेले सहयोगी साझेदारहरू – नेपाल पर्यटन बोर्ड -NTB_, KK Business Group, Kyay O Kyee Petroleum Products Co. Ltd.yanma Tourism Bank,तथा आईटी साझेदारहरू Awesome Asia, Info Developers, Onepoint Financial Services, Citytech, Smart Choice Technologies and Diyalo technologies लाई सहकार्यका तथा सहभागिताको लागि धन्यवाद दिए ।  

Garima Development Bank
Shivam Cement
IME remit

म्यान्मारका वाणिज्य मन्त्रीले म्यान्मारका जनताका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण रहेकोले नेपाल उनीहरूका लागि धेरै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै नेपाल र म्यान्मारले पर्यटनका क्षेत्रमा सहकार्यका लागि दुई देशबीच प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्नुपर्नेमा जोड दिए । Union of Myanmar Federation या Chambers of Commerce and Industries (UMFCCI)र नेपाल म्यान्मार चेम्बर्स अफकमर्स एण्ड इन्डस्ट्रीका अध्यक्षहरूले पनि दुई देशहरूबीच पर्यटन र सूचना प्रविधि व्यापारको सम्भावनामाथि जोड दिए । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक रानु शाहको प्रस्तुतिले लुम्बिनीलगायतका नेपालका आकर्षक पर्यटकीय स्थलहरू र गतिविधिहरूमा प्रकाश पारेको थियो। UMFCCI का सह–महासचिव KyawDewa ले नेपाल–म्यानमार व्यापार सम्बन्ध तथा सम्भावनाहरूको विषयमा प्रस्तुतीकरण दिएका थिए । सहभागी नेपाली आईटी कम्पनीहरू मध्ये एकका प्रतिनिधि विनोद पोखरेलले गरेको प्रस्तुतिले नेपालको उदीयमान आईटी क्षेत्रलाई प्रकाश पारेको थियो ।

करिव २५० जनाको सहभागिता रहेको सो कार्यक्रममा यागौंन क्षेत्रका मुख्यमन्त्री, यागौंन क्षेत्रका आर्थिक मामिलामन्त्री लगायत उच्च सरकारी पदाधिकारीहरू,UMFCCI का पदाधिकारीहरु,Women Entrepreneurs Network (MYAWEN का सदस्यहरु, ःMyanmar Travel Association (UMTA), MyanmarTravel Federation (MTF) र Myanmar Tourism Marketing Association (MTMA) का अध्यक्ष तथा सदस्यहरु, बैंकिक क्षेत्रका उच्च पदाधिकारीहरु, व्यवासायीहरु तथा नेपाली समुदायको समेत सहभागिता रहेको थियो ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.