मंगलवार, जेष्ठ ५,२०८३ 05:31:52
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:31:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमाको आधारमा ई–कर्जा: खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

Laxmi Sunrise Bank Limited
बीमाको आधारमा ई–कर्जा: खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने
Shivam Cement

काठमाण्डौ । डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा कर्जा लिन सक्ने भएका छन्, त्यो पनि घरैबाट, बिना लाइन बसेर, तुरुन्तै आफ्नो खल्ती खाता मै।

बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती खाता खोलिएको नम्बर मिलेमा, प्रयोगकर्ताहरू यो ई–कर्जाको लागि योग्य हुने साझेदारहरू बताउँछन्। कागजी पक्रियाको झन्झट, लाइन बस्नुपर्ने  झन्झट र अन्य समय खपत हुने पक्रियालाई पार गर्दै तुरुन्तै केही समयमै ५० हजार रुपैयाँसम्मको कर्जा रकम खल्तीमा प्राप्त हुने व्यवस्था मिलाइएको हो। 

Bizshala
New Office
CG Motors

सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रणालीमा खल्ती प्रत्यक्ष रूपमा जडान भएकाले कर्जाको योग्यता र विवरण खल्ती एपबाटै मापन हुने सुविधा रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘डिजिटल माध्यमको प्रयोगबाट वित्तीय पहुँचलाई अझ सरल बनाउने उद्देश्यका साथ खल्तीले यो सहकार्यमा यो सुविधा ल्याएको हो। तत्कालै आर्थिक आवश्यकता परेका बखत सहज ढंगले उपयोग गर्न सकिने यस ई(कर्जा सेवाबाट धेरै ग्राहक लाभान्वित हुनुहुने कुरामा हामी विश्वास छौँ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.