बुधबार, असार १८,२०८२ 12:37:32
  • बुधबार, असार १८,२०८२ 12:37:32
Global IME Bank Limited

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता

Hyundai Nepal
क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता
Nabil Bank Limited

काठमाण्डौ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाली र क्यानेडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफु केन्द्रित रहने पनि उनले बताए । ‘बीटूबी अन्तरक्रिया मेरो कार्यसूचीको प्राथमिक विषयमध्येमा छ,’ उनले भने । क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरुमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताएका उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरे ।  

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन पनि आग्रह गरे । नियोगले आयोजना गर्ने कार्यक्रमहरुमा त्यस्ता प्रचार सामग्री डिस्प्ले गर्ने उनले जानकारी दिए ।  

यसअघि संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले संघ स्थापना भएको जानकारी गराउँदै यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवद्र्धनको लागि काम गर्ने बताएका थिए । नेपाली वस्तुले क्यानडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको निजी क्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूतबाट पहल हुने अपेक्षा अध्यक्ष केडियाको छ । क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन पनि उनले आग्रह गरे ।  

त्यसैगरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदानमा पनि राजदूतबाट सहजीकरणको अपेक्षा राखे ।  

संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानेडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रुपमा केन्द्रीत हुने जानकारी गराए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.