आईतवार, जेष्ठ ३,२०८३ 09:39:13
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:39:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केन्द्रित हुने राजदूत पौडेलको प्रतिबद्धता
Shivam Cement

काठमाण्डौ । क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भरतराज पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी प्रवद्धन गर्न नेपालको निजी क्षेत्रसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नेपाल–क्यानडा उद्योग वाणिज्य संघले राजदूत पौडेललाई बधाइ तथा शुभकामना दिन बिहीवार आयोजना गरेको कार्यक्रममा उनले भने , ‘क्यानडामा नेपाली वस्तुको निकासी बढाउन केही गरेर देखाउने मेरो उद्देश्य छ । सोको लागि म निरन्तर यहाँहरुसँग सहकार्यमा रहनेछु ।’  

Bizshala
New Office
CG Motors

नेपाली र क्यानेडियन व्यवसायीबीच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफु केन्द्रित रहने पनि उनले बताए । ‘बीटूबी अन्तरक्रिया मेरो कार्यसूचीको प्राथमिक विषयमध्येमा छ,’ उनले भने । क्यानडामा आयोजना हुने ठूला व्यापारिक मेलाहरुमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने बताएका उनले सोको लागि संस्थागत हिसाबले नै पत्राचार गरिने प्रतिबद्धता व्यक्त गरे ।  

राजदूत पौडेलले नेपालबाट क्यानडामा निकासीको सम्भावना भएका वस्तुको डिजिटल प्रचार सामग्री आफूलाई उपलब्ध गराइदिन पनि आग्रह गरे । नियोगले आयोजना गर्ने कार्यक्रमहरुमा त्यस्ता प्रचार सामग्री डिस्प्ले गर्ने उनले जानकारी दिए ।  

यसअघि संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबीचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यले संघ स्थापना भएको जानकारी गराउँदै यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवद्र्धनको लागि काम गर्ने बताएका थिए । नेपाली वस्तुले क्यानडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

नेपालको निजी क्षेत्रलाई क्यानडाको बजार र लगानीकर्तासम्मको पहुँच सहज बनाउन राजदूतबाट पहल हुने अपेक्षा अध्यक्ष केडियाको छ । क्यानडामा हुने व्यापारिक मेला तथा अन्य कार्यक्रममा नेपाली व्यवसायीको सहभागिताका लागि पहल गरिदिन तथा क्यानडियन बजारको आवश्यकता र संरचनासम्बन्धी ताजा जानकारी उपलब्ध गराइदिन पनि उनले आग्रह गरे ।  

त्यसैगरी व्यापारिक प्रतिनिधि मण्डलको आदानप्रदानमा पनि राजदूतबाट सहजीकरणको अपेक्षा राखे ।  

संघका उपाध्यक्ष शिवकुमार अग्रवालले क्यानडियन बजारमा नेपाली वस्तुको निकासी बढाउने र नेपालका सम्भाव्य क्षेत्रमा क्यानेडियन लगानीकर्तालाई आकर्षित गर्नेमा संघ विशेष रुपमा केन्द्रीत हुने जानकारी गराए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.