शनिबार, बैशाख २०,२०८२ 01:48:27
IME remit
  • शनिबार, बैशाख २०,२०८२ 01:48:27
IME remit
Global IME Bank Limited

नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन

Hyundai Nepal
नेपाल पर्यटन बोर्डद्वारा दुबईमा नेपालको पर्यटन सम्भावना र गन्तव्य प्रदर्शन
Nabil Bank Limited

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्स्‌को दुबईमा सम्पन्न ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५ु मा सहभागिता जनाउँदै नेपालको विविध

पर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ । अप्रिल २८ देखि मे १, २०२५ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनाहरूलाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको हो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वमा वरिष्ठ अधिकृत जयशक्ति सर्राफ र गोकुल भण्डारी सहभागी प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीहरूसँग विभिन्न व्यवसायिक भेटघाट ९बीटुबी०हरू गर्दै नेपालको पर्यटन विशेषताहरू प्रस्तुत गरेका थिए ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

मेलामा नेपाल पर्यटन बोर्डले ब्रोशर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवर्द्धन गरेको थियो ।  

एटीएमजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसरहरू प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

Muktinath Bikas Bank Limited

नेपाल पर्यटन बोर्डसँगै १२ वटा निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनीहरू समेत एटीएम–२०२५ मा सहभागी भएका थिए । सहभागी संस्थाहरूमा नमस्ते टुरिज्म एन्ड होलिडेज प्रा।लि।, कोरा टुर्स प्रा।लि।, द हिमालय ट्रेकिङ, गो नेपाल ट्राभल, नेपाल बिग माउन्टेन ट्राभल कम्पनी, एक्सपेडिशन हिमालय डटकम,येस यात्रा टुर्स, ड्रेगन होलिडेज, इनक्रेडिबल माउन्टेन्स, द एभरेष्ट होटल,सुमेघ टूर्स एन्ड ट्राभल्स र चन्द्रगिरी हिल्स लिमिटेड रहेका थिए ।

निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलले एटीएम–२०२५ को सहभागिताबारे प्रतिक्रिया दिंदै भने,‘एटीएम–२०२५ जस्ता कार्यक्रमहरूले नेपाललाई नयाँ बजारहरूमा चिनाउने अवसर प्रदान गर्छन् । यस्ता मेलाहरूमा हुने सहभागिता नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण छ।’

नेपाल पर्यटन बोर्डले आगामी दिनहरूमा पनि यस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमार्फत नेपालको पर्यटन गन्तव्यहरूलाई प्रवर्द्धन गर्ने र रणनीतिक साझेदारीहरू विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.