सोमबार, जेष्ठ ४,२०८३ 09:30:35
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:30:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख

Laxmi Sunrise Bank Limited
विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावरको घाटामा कमी, आम्दानी ७२.९६ लाख
Shivam Cement

काठमाण्डौ । विद्युत उत्पादन सुचारु भएसँगै पाँचथर पावर कम्पनी लिमिटेडको घाटामा कमी आएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १२ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ७२ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ। २०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्युपमेन्ट समेतमा क्षति हुन गएकाले सो को मर्मत सम्पन्न गरि गत चैत १६ गतेबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले जनाएको छ । दोस्रोपटक आयोजनालाई क्षति पुर्याएको सम्पत्ति बीमा दाबीवापतको रकम बीमा कम्पनीसँग दाबी गर्ने प्रक्रियामा रहेको र हाल पेश्की स्वरुप ४ करोड प्राप्त भएको कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

तेस्रो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च ३९ लाख १२ हजार ,अन्य सञ्चालन खर्च ३४ लाख ५४ हजार र वित्त खर्च ४ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

त्यस्तै कम्पनीको रिजर्भको आकार ८ करोड ८० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १९ करोड ५३ लाख र कुल चालु दायित्व ५३ करोड ९७ लाख रुपैयाँ छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.३६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर  नेटवर्थ ९०.८५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२१.२३ रुपैयाँ र तरलता अनुपात ०.३६ गुणा कायम भएको छ ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.