आईतवार, जेष्ठ ३,२०८३ 10:42:08
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:42:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुल्ला

Laxmi Sunrise Bank Limited
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को बुकिङ खुल्ला
Shivam Cement

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म काठमाण्डौको भृकुटी मण्डपमा सम्पूर्ण अटोमोबाइल क्षेत्रलाई समेट्ने गरी व्यवस्थित तथा भव्य अटोमोबाइल प्रदर्शनी ‘नेपाल मोबिलिटी एक्सपो २०२५’ आयोजना गर्ने भएको छ ।  

उक्त प्रदर्शनीले सम्पूर्ण अटोमोबाइल क्षेत्रका निर्माता डिलर, डिस्ट्रिब्युटर, उपभोक्ता,अवलोकनकर्ता तथा यस क्षेत्रमा सरोकार राख्ने सम्पूर्णमा नयाँ सकारात्मक दृष्टिकोण तथा ऊर्जा प्रदान गर्ने विश्वास आयोजकले गरेका छ ।  

 

Bizshala
New Office
CG Motors

साथै अटोमोबाइल क्षेत्रमा समय समयमा भइरहने परिवर्तनका लागि नीति निर्माता, अटो क्षेत्रका विज्ञ,उद्योगीहरुलाई एउटै ठाउँमा सहभागी गराई अटोमोटिभ प्रविधि, डिजाइन र दिगोपनमा भएका नवीनतम प्रविधि प्रदर्शन गर्ने विश्वास आयोजकको छ ।  

प्रदर्शनीमा सहभागिताको लागि स्टल बुकिङ यही वैशाख २२ देखि २९ गते (सन् २०२५ मे ५ देखि मे १२) सम्म खुला रहने जनाइएको छ । इच्छुक कम्पनीहरूले बुकिङ फारममा आफ्नो आवश्यकता भर्न सक्नेछन् र अन्तिम स्टल बाडफाड पारदर्शी लटरी प्रणाली मार्फत गरिनेछ । दुई र चार पाङ्ग्रे सवारी साधन तथा हलुका व्यावसायिक सवारी साधन का लागि छुट्टाछुट्टै हलहरू नराखी प्रदर्शकले आफ्नो ठाउँ र स्थानको आवश्यकता अनुसार कुनै पनि स्टल रोज्न सक्ने व्यवस्था गरिएको छ ।  

यस प्रदर्शनीको व्यवस्थापन र संयोजन प्रदर्शनी व्यवस्थापन र आयोजनाको क्षेत्रमा एक अग्रणी संस्था मिडिया स्पेस सोलुसन्स प्रालिद्वारा गरिनेछ । विगतका अन्य प्रदर्शनीहरूको तुलनामा, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न परिवर्तन तथा सुधारहरू हुने जनाइएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

‘नेपाल मोबिलिटी एक्स्पो २०२५ ले नेपालको अटोमोबिल क्षेत्रको भविष्यलाई गति दिने र अटोमोटिभ उद्योगलाई अगाडि बढाउने सहकार्यलाई बढावा दिने लक्ष्य राखेको छ,’  

नाइमाकी संस्थापक अध्यक्ष रितु सिंह वैद्यले भनिन् । ‘हामी हाम्रा सदस्यहरू र उद्योग सरोकारवालाहरूलाई उत्कृष्ट सुविधा र प्लेटफर्म प्रदान गर्न काम गरिरहेका छौं र प्रदर्शनीमा भाग लिने कम्पनीहरूलाई एउटा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीको अनुभव गराउन हामी निरन्तर प्रयासरत छौं,’ उनले थपिन् ।

नेपाल अटोमोबाइलइम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) देशको मोबिलिटी क्षेत्रमा साझा मञ्चको रूपमाकार्य गर्नेछ । यसले रणनीतिक सहकार्य, विकास र नीतिनिर्माणमा सबै सरोकारवालाको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रतिनिधित्व गर्नेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.