आईतवार, जेष्ठ ३,२०८३ 09:38:23
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 09:38:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !

Laxmi Sunrise Bank Limited
अर्थसहितका मन्त्रीहरुको भागबण्डा तत्काल नहुने !
Shivam Cement

काठमाण्डौ । सेयर बजारका लाखौं लगानीकर्ताले व्यग्रताका साथ प्रतिक्षा गरिरहेको अबको अर्थमन्त्री को हुन्ने विषय भोलि पनि टुङ्गो नलाग्ने सम्भावना देखिएको छ ।  

नयाँ सत्ता समीकरणमा सहभागी चार दलका शीर्ष नेताहरुबीच सोमबार राति ८ बुँदे सहमति भएको छ । यो सहमतिसँगै नेताहरुबीच अन्य दलहरुलाई समेत समीकरणमा सामेल गराउने र त्यसबेलासम्म मन्त्रालय बाँडफाँडमा हतार नगर्ने सहमति भएको हो । 

Bizshala
New Office
CG Motors

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमालेका महासचिव शंकर पोखरेलले प्रमुख चार दलबीच अहिले नै मन्त्रालय बाँडफाँड गरिएमा समीकरणमा सहभागी हुन चाहने दलहरुलाई अप्ठ्यारो पर्नसक्ने विषयलाई बुझेर यसमा हतारो नगर्ने सहमति बनेको जानकारी दिए ।  

अन्य दलहरु पनि आएपछि नै एकैपटक मन्त्रालयको भागबण्डा टुंग्याउने मोटामोटी सहमति बनेको उनको भनाई छ । उनको यो भनाईबाट आज नै मन्त्रालयको भागबण्डा नटुंगिने र कुन मन्त्रालयमा को मन्त्री बनेर जाने भन्ने विषय पनि तत्काल नटुंगिने स्पष्ट देखिएको छ ।  

चार दलीय सत्ता गठबन्धनले एकीकृत समाजवादी लगायतका साना दलहरुलाई समेत समीकरणमा ल्याउन चाहेको छ । साना दलहरुले नयाँ समीकरणमा सहभागी बन्नका लागि विभिन्न शर्तहरु तेस्र्याइरहेका छन् । यसकारण समेत तिनीहरुलाई कन्भिन्स गरेर नयाँ गठबन्धनमा ल्याउन समय लाग्ने देखिन्छ ।  

यसकारण समेत आजभोलि नै न सेयर बजारले अर्थमन्त्री पाउनेछ, न त मुलुकले अन्य मन्त्रीहरु नै ।  

माओवादी केन्द्रका एक पदाधिकारीले भने मंगलबार(भोलि) साँझसम्म मन्त्रालय बाँडफाँड भइसक्ने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने विषय पनि फाइनल हुनसक्ने सम्भावना व्यक्त गरे । 

प्रचण्डले पहिलो चरणमा ३ जना मन्त्रीलाई विना विभागीयको रुपमा सोमबार साँझ नै सपथ ग्रहण गराइसकेका छन् । तत्काल २२ वटा मन्त्रालयको जिम्मेवारी पनि प्रचण्ड आफैंले लिएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.