सोमबार, असार २,२०८२ 05:31:56
  • सोमबार, असार २,२०८२ 05:31:56
Global IME Bank Limited

चिलिमे जलविद्युतको आम्दानी र नाफामा सामान्य वृद्धि

Hyundai Nepal
चिलिमे जलविद्युतको आम्दानी र नाफामा सामान्य वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको विद्युत बिक्री आम्दानी सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ८२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड २५ लाख आर्जन गरेको थियो ।  

कम्पनीको आम्दानी बढेसँगै नाफा समेत बढेको छ । अघिल्लो आवमा ४६ करोड ६२ लाख रहेको कम्पनीको नाफा बढेर ५० करोड ७८ लाख पुगेको छ । यसरी कम्पनीको नाफा ८.९४ प्रतिशतले बढेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले यो अवधिमा ९ करोड वित्त आम्दानी र २ करोड ८५ लाख अन्य आम्दानी गरेको छ ।  

यो अवधिसम्म कम्पनीको प्रत्यक्ष खर्च ८ करोड ३९ लाख, रोयल्टी खर्च १० करोड ४५ लाख, कर्मचरी खर्च २ करोड ८० लाख, प्रशासनिक खर्च १ करोड ५३ लाख र ह्रासकट्टी खर्च ५ करोड ५२ लाख रहेको छ ।  

८ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँ रिटेन्ड अर्निङका लागि छुट्टाएको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब ७८ करोड रुपैयाँ र कुल चालु दायित्व १९ करोड ४५ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.६१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.९५ रुपैयाँ, तरलता अनुपात १४.२९ प्रतिशत र मूल्य आम्दानी अनुपात ६४.९० गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.